प्रधानमन्त्री कपमा रिजन ढकालले लिए ५ विकेट

हेटौंडा, प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता मकवानपुरका क्रिकेटर रिजन ढकालले ५ विकेट लिन सफल भए । आज भएको एपीएफ विरुद्धको खेलमा बागमती प्रदेशबाट खेलेका रिजनले ८ ओभरमा २ मेडनसहित ३० रन खर्चिएर ५ विकेट हात पार्न सफल भए ।

ADVERTISEMENT

रिजनले एपीएफका खेलाडी सन्दिप जोरा, भुवन कार्की, कमल सिंह ऐरी, अभिशेष गौतम र अभिनेष बोहराको विकेट लिन सफल भएका हुन् । रिजनले ५ विकेट हात पारे पनि एफीएफ विरुद्धको खेलमा बागमती पराजित भएको छ । रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकार बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । शुभले सर्वाधिक १६ रन जोडे ।

एपिएफका लागि कमलले ८.२ ओभरमा २७ रन खर्चिएर महत्वपुर्ण ४ विकेट लिए । कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २ तथा अभिनाष बोहोराले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४४ ओभरमा १ सय ७४ रनमा समेटिएको थियो । एपिएफका लागि सन्दीप जोराले ६२ बलको सामना गर्दै २ चौकाको सहयोगमा सर्वाधिक ३७ रन जोडे । दिपक बोहोरा २५ तथा कमलसिंह १५ रनमा आउट हुँदा अमरसिंह २६ रनमा नट आउट रहे । एपिएफले बिहीवार एस्ट्राटेकमा मधेश प्रदेशसँग खेल्नेछ । बागमतीले सोमवार सिद्धार्थ मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *