किवानिज क्लब मकवानपुरको पद हस्तान्तरण

हेटौंडा, १८ वर्षमुनीका बालबालिकाको क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरको सन २०२३/२४ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

किवानिज क्लब मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सन २०२३÷२४ का लागि नवनिर्वाचित अध्यक्ष माधब गौतमलाई पद हस्तान्तरण गरिएको हो । गौतम मकवानपुरको मनहरी–४ स्थित पशुपतिनाथ माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । गौतमको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पवन खड्का, उपाध्यक्ष गोबिन्दप्रसाद प्याकुरेल, सचिव भीमप्रसाद फुँयाल (दिनेश), कोषाध्यक्ष ईश्वर रिजाल चयन भएका छन् ।

क्लबको जनसम्पर्क प्रमुखमा रीताकुमारी पराजुली र बालकोष प्रमुखमा भानुभक्त आचार्य, सदस्यहरु रामप्रसाद खडका, शारदा भुजेल, पूर्णप्रसाद अर्याल, सुरेश गौतमलगायत १७ सदसीय समिति चयन भएको छ । किवानिज क्लब नेपालका अध्यक्ष तीर्थकुमार सिंहको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

हरेक महिनाको अक्टोवरबाट नेतृत्व परिवर्तन गर्ने यो क्लबको विधान हो । कार्यक्रममा किवानिज क्लब नेपालका सचिव युवराज न्यौपाने, कोषाध्यक्ष शिबबहादुर काफ्लेलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button