च्यालेन्ज कपको उपाधी एन्फा मकवानपुरले चुम्यो

हेटौंडा, हेटौंडा च्यालेन्ज कपको युथ–२१ फुटबल प्रतियोगिताको उपाधि एन्फा मकवानपुरलले जितेको छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनलमा रयल स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै मकवानपुर विजयी भएको हो । पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

ADVERTISEMENT

१४ वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेता एन्फा मकवानपुरले एकलाख ११ हजार ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको रियल स्टारले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरका अनिष महर्जन भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एन्फा मकवानपुरका मोहित गुरुङ, उत्कृष्ट गोलरक्षक कृषल मोक्तान, मिडफिल्डर रितेश श्रेष्ठ र फरवार्ड प्रितम स्याङ्बो र उत्कृष्ट प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित हुादा उत्कृष्ट डिफेण्डर रियल स्टारका उर्गेन रुम्बा चुनिए । सर्वोत्कृष्ट खेलाडीले १० तथा अन्य विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद ५/५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य टीकाराम लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *