हेटौंडा, मुक्तक दिवसको उपलक्ष्यमा मुक्तक मञ्च मकवानपुरले १३ औँ मुक्तक वाचन शृङ्खला विहीबार हेटौंडामा आयोजना भएको छ ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका सल्लाहकार ह्याग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । मुक्तक दिवसमा आयोजित कार्यक्रममा एक दर्शनभन्दा बढी मुक्तककारले रचना वाचन गरेको अध्यक्ष बर्तौलाले जानकारी दिए ।
यसैगरी माघ २७ गते मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रममा मकवानपुरका ३ जना मुक्तककारलाई पुरस्कृत गर्दै छ ।







