न्वागी पर्वको अवसरमा राक्सिराङमा दुई दिन विदा

हेटौँडा, राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण चाड ९न्वागी० को अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ ।

मङ्गलबार सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकाले न्वागीको अवसरमा आगामी शुक्रबार र शनिबार दुई दिन सार्वजनिक विदा दिएको बताए । उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरुमा बन्द हुने भएको छ ।

राक्सिराङमा अति सीमान्तकृत जाति मानिने चेपाङ समुदायको बाहुल्यता छ । पालिकाभरि बसोबास गर्ने जनसंख्यामध्ये करिब ४४ प्रतिशत चेपाङ जाति रहेका छन् । अध्यक्ष मल्लले चेपाङ समुदायको यस पर्व हर्षोल्लासका साथ मनाउन शुभकामना समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button