बागमती प्रदेशका पाँच मन्त्रीले लिए शपथ ग्रहण

हेटौँडा, बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई शपथ गराएका हुन्।

ADVERTISEMENT

मुख्यमन्त्री बानियाँले भदौ २७ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि कांग्रेस केन्द्रीय नेतृत्वसँग सहकार्य र समन्वय गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्। नयाँ मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभातकुमार तामाङ, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री उर्मिला केसी रहेका छन्।

मुख्यमन्त्री बानियाँले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारीलाई प्रदान गरेका छन्। यसअघि एमाले कोटाबाट छ जना मन्त्रीलाई नियुक्त गरी शपथ गराइसकेका थिए।

ADVERTISEMENT

पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि बानियाँ कांग्रेस नेतामा निर्वाचित भई मुख्यमन्त्री बनेका हुन्। बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन्।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya