हेटौंडा, लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाईण्ड हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा २०८० माघ २० गतेदेखि सुरु भएको निशुल्क आँखा परीक्षण सिविरमा मंगलबारसम्म १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको छ ।
लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ अन्तरगत क्रियाशिल सम्पूर्ण लायन्स क्लव तथा लियो क्लवहरुको सहकार्यमा बिभिन्न स्थानमा भएको आँखा परीक्षण सिविरमा २ सय ५० जना मोतियाबिन्दुका बिरामीहरु पहिचान भएकाछन् ।
पहिचान भएका सबै मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा माघ २४ देखि २५ गतेसम्म शल्यक्रिया गरिने लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताए ।
मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया, आवास, खाना, यातायात लगायत कुनैपनि खर्च नलाग्ने एरिया चिप यादबले बताए ।
लायन्स क्लवको बार्षिक भिजन कार्यक्रम अन्तरगत आँखा परीक्षण सिबिर सञ्चालन गरिएको मूख्य कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । स्रोत र साधनको अभावमा मोतियाबिन्दुका कारण दृष्टिबिहीन भएकाहरुलाई दृष्टि प्रदान गर्ने उद्देश्यले आँखा परीक्षण सिविर संचालन गरिएको उनले बताए।
मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बारा जिल्लाको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिबिर सन्चालन सञ्चालन गरिएको थियो ।
लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल अन्तरगत रहेका क्लवहरुले स्थानीय क्षेत्रमा बिभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।






