भदौ ३० गते हेटौंडामा ‘द एक्स ब्यान्ड’ को कन्सर्ट हुने

हेटौंडा, यही भदौ ३० गते हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा चर्चित सांगीतिक ब्याण्ड ‘द एक्स ब्यान्ड’ को कन्सर्ट हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिएको हो ।

ADVERTISEMENT

नेपाल डाइरिजका प्रमुख सागर गजुरेलले द एक्सले पहिलो पटक हेटौंडामा सांगीतिक प्रस्तुती दिन लागेको बताए । उनले कन्सर्टमा करिब ७ लाख खर्च हुने अनुमान गरिएको र टिकटबाट जम्मा भएको पैसाले खर्च कटाएर बचत भएको रकम आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका ४ जना विद्यार्थीहरुलाई सहयोग गरिने बताए ।

डाइरिज हेटौंडाका कार्यक्रम संयोजक समीर सापकोटाका अनुसार कन्सर्ट प्रवेश शुल्क टिकटदर प्रतिव्यक्ती एक हजार रुपैयाँ राखिएको छ । टिकटमा मद्यपान गर्नेलाई एक क्यान वियर र नगर्नेलाई जुस निःशुल्क उपलब्ध गराइने उनले बताए ।

यसैगरी, पत्रकार सम्मेलनमा बोल्दै डाइरिजका सलाल्हकार विकेशलाल श्रेष्ठले हेटौंडामा द एक्सको पहिलो सागिंतिक कार्यक्रम हुन लागेको र यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा एक हजार भन्दा बढी सहभागिता हुने आयोजकको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *