भोली हेटौंडामा शिक्षक संगठनको प्रदेश अधिवेशन

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समितिको प्रथम अधिवेशन भोली (शुक्रबार) हेटौंडामा शुरु हुँदैछ । विहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी समितिले अधिवेशनको बारेमा जानकारी दिएको थियो ।

ADVERTISEMENT

‘समितिको प्रथम अधिवेशन हेटौंडामा दुई दिन सञ्चालन हुनेछ ।’ समितिका अध्यक्ष निरबहादुर कार्कीले भने –‘प्रदेशका १३ जिल्लाका ६ सय प्रतिनिधिहरुको सहभागिता रहने अधिवेशनले ३५ जना बागमती प्रदेश समिति र ३ जना केन्द्रीय प्रतिनिधि चयन गर्नेछ ।’

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष विष्णु भण्डारीले कार्यक्रम उद्घाटन गर्ने छन् । संसोधित विधानअनुरुप समितिको हुन लागेको प्रथम अधिवेशनले हेटौंडा घोषणापत्र पनि जारी गर्ने उनले बताए । यही मंसिर २२ र २३ गते हेटौंडामा नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समितिको प्रथम अधिवेशन सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *