हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले २८ औँ अभिभावक दिवस मनाइएको छ ।

शनिबार कक्षा २ र ३ का बालबालिकाको अभिभावक भेला भएको थियो । विद्यालयका प्राथमिक तहका संयोजक सचिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा २ र ३ का विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

अरु कक्षाको अभिभावक दिवस अन्य मितिमा सञ्चालन गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीले विद्यालयको गतिविधिको बारेमा आफ्नो भनाइ प्रस्तुत गरेकी थिइन् ।







