विश्व वातावरण दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने

हेटौंडा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले ५२ औँ विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपाल मकवानपुरको संयोजनमा आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त विषयमा जानकारी गराइएको हो । सप्ताहव्यापी कार्यक्रम जेठ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

पहिलो दिन अर्थात् जेठ १७ गते हेटौंडा– १९ बस्तीपुरमा विहान ७ बजे रक्तदान कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको गेट अगाडिबाट बसपार्कसम्म फोहोर खोज चुनौती कार्यक्रम सञ्चालन गरी बसपार्क क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीको विक्रि वितरण नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।
जेठ १९ गते नगरभित्रका सम्पूर्ण टोल विकास संस्थाहरुमा विहान ७ बजे सफा हेटौंडा अभियान अन्तरगत सरसफाई कार्यक्रम र दिउँसो २ बजे वन विज्ञान अध्ययन संस्थानमा मेयर÷उपमेयरसंग बालबालिका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
त्यस्तै २० गते दिउँसो १ बजे रोयल पार्टी प्यालेसमा फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने र २१ गते विहान ६ बजे हुप्रचौरबाट उपमहानगरपालिकाको कार्यालयसम्म वातावरणीय सचेतना मुलक साइकल र्याली तथा सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले बताए ।
जेठ २२ गते विहान ७ बजे मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा दिउँसो ३ बजे रोयल पार्टी प्लालेस मा खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
त्यस्तै जेठ २३ गते विहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण कार्यक्रम आयोजना गर्नुको साथै पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ । सोही दिन वातावरण सचेतना सम्बन्धी र्यालीले नगर परिक्रमा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको उनले जानकारी दिए ।
समुदाय परिचालनका माध्यमबाट समावेशी, समतामुलक, वातावरणमैत्री दीगो विकास हासिल गर्न हेटौडामा २०५६ सालदेखि टोल विकास सस्थाहरु स्थापना गरिएको हो । नगरका प्रत्येक नागरिकहरुको सहभागितालाई अभिवृद्धि गराउँदै समग्र टोल, वडा तथा उपमहानगरपालिकाको विकासमा योगदान गर्न तथा विकासका अवधारणाबारे टोलका हरेक सदस्यहरुलाई जानकारी गराउँदै सचेत, समुन्नत, श्रञ्जनशील र विकसित हेटौडा बनाउन अभियानमा टोल विकास संस्थाले कार्य गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिए । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, महासचिव देवकुमार श्रेष्ठलगातको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya