आठ विद्यामा विद्यार्थीलाई अवार्ड वितरण

हेटौंडा, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले आठ विद्याका उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड प्रदान गरेको छ । शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अवार्ड प्रदान गरेको हो ।

अनुशासन विद्यार्थी अवार्डमा मनिसाकुमारी खड्का, नवोदय साहित्यिक वर्ष २०७९ पुरस्कार र मष्ट डिलिगेट अवार्ड रेजा विष्ट, इम्प्रुभ अवार्ड सुमनिमा अधिकारी, आर्टिष्ट अवार्ड अनुज श्रेष्ठ, क्रियटिभ अवार्डमा सत्कार स्याङतानलाई प्रदान गरेको थियो । यसैगरी एथ्लेटिक अवार्ड अजल मानन्धर र भर्सटाइल अवार्ड प्रमित कोइरालालाई प्रदान गरेको थियो । कक्षा ८, ९ र १० का संयोजक सिएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा २०७९ सालमा एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले साङ्गीतिक नृत्य प्रस्तुत गर्नुका साथै गायन पनि प्रस्तुत गरेका थिए । २०७९ सालको एसएलसीे परीक्षामा नवोदय विद्यालयबाट ७१ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अरुण दहाल, माध्यमिक तहमा अध्यापन गराउने शिक्षक/शिक्षिकालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button