शनिबार थाहा महोत्सवमा दर्शकको बाक्लो उपस्थिति

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवमा शनिबार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । शनिबार चर्चित लोक गायक शिव परियार, लोक दोहोरी गायक बद्री पंगेनी र गायिका रचना रिमालको प्रस्तुती हेर्न दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

Exif_JPEG_420

गायक शिव परियारले थाहानगर बासीलाई आफ्नो प्रस्तुतीले भरपुर मनोरञ्जन दिएका थिए । उनले ‘क्या दामी भो’, ‘के हुन्छ भोली थाहा छैन’, ‘नसालु आखामा’, ‘धोकेबाज हौँ तिमी’, ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’ लगायतको गीत प्रस्तुत गरेर थिए । महोत्सव लोक दोहोरी गायक बद्री पंगेनीले ‘आमा आउन पाउदिन’, ‘ससुराली’लगायतको गीत गाएर दर्शकलाई नचाएका थिए भने गायिका रचना रिमालले पनि प्रस्तुती दिएका थिए ।

थाहा महोत्सवमा जारी थाहा आइडल एकल नृत्य प्रतियोगितामा अनिश लामा, सुदिप विश्वकर्मा, सुहाना गोपाली, सोनिमा वाईवा, कृपा गोपाली, सन्ध्या थापा, अशु घिमिरे र विजय मगर टप ८ मा प्रवेश गर्न सफल भएका छन् । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका छन् ।

आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *