रेफ्रीलाई कुटेपछि खेलाडी र क्लबलाई प्रतिबन्ध

हेटौंडा, हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिताका क्रममा रेफ्रीमाथि हातपात भएपछि मकवानपुर फुटबल संघले रेफ्री कुट्ने खेलाडीहरु र टिमलाई प्रतिबन्ध लगाएको छ ।

ADVERTISEMENT

मंसिर २५ गते सोमबार रेफ्रीलाई कुटेको भन्दै संघको मंसिर २६ गते बसेको बैठकको निर्णय जारी गर्दै दि रिभाइबल युवा क्लब हेटौँडा २ र कुटपिटमा संलग्न खेलाडीहरुलाई संघको नियम अनुसार प्रतिबन्ध लगाएको जानकारी दिएको हो । संघले क्लबलाई ३ वर्ष, क्लबका गोल रक्षक तथा क्याप्टेन अनिल लोलाई २ वर्ष, क्लबका खेलाडी सुनिल खड्गीलाई ३ वर्ष र क्लबका टिम मेनेजर कृष्णबहादुर ठकुरीलाई ३ वर्ष प्रतिबन्ध लगाएको हो । उनीहरुले एन्फाद्वारा आयोजित फुटबल प्रतियोगिता र एन्फा रेफ्री आवद्ध प्रतियोगिताहरुमा खेल्न पाउनेछैनन् ।

संघको विज्ञप्ति अनुसार मंसिर २५ गते भएको छैटौँ म्याचमा पञ्चशील युवा क्लब हेटौँडा १२ सँग म्याच सकिएर रेफ्री ग्राउण्ड बाहिर निस्किएपछि दि रिभाइबल युवा क्लबका खेलाडी, अफिसियल र मेनेजरले समेत रेफ्रीमाथि हातपात गरेका थिए । संघका अध्यक्ष टिकाराम लामाका अनुसार रिभाईबलका खेलाडीहरुले मूख्य रेफ्री विशाल घलान र असिस्टेन्ट रेफ्री देवकुमार कार्कीमाथि कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *