हेटौंडा ४ नम्वर वडा बालमैत्री वडा घोषणा हुँदै

हेटौंडा, हेटौंडा–४ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

ADVERTISEMENT

वडा कार्यालयले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै भदौ २८ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुत्त तथा बालमैत्री स्थानीय शासनयुवत्र वडा घोषणा गर्न लागिएको जानकारी दिएको छ । वडा सदस्य गीता त्रिपाठीका अनुसार सोही दिन वडालाई बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिनेछ । पछिल्लो समय हेटौंडाका वडाहरुलाई धमाधमरुपमा बालमैक्री स्थानीय शासनयुत्त वडा घोषणा गर्ने लहर चलिरहेको छ ।

‘हामीले करिब २० महिना अगाडिबाट यसक्षेत्रमा काम गरिरहेका थियौं । यसअवधिमा बालश्रममा रहेका नौजनाका उद्धार गरिएको छ ।’, वडा सदस्य त्रिपाठीका अनुसार यस वडामा विद्यार्थी ड्रप आउट र बालविवाह शुन्य अवस्थामा रहेको छ ।यस वडा क्षेत्रफलको आधारमा उपमहानगरकै सवैभन्दा सानो र जनसंख्याको आधारमा सबैभन्दा ठूलो हो । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।

यसअघि हेटौंडा–२, ७, ८, १७ र १० नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर ४ हेटौंडा नगरमा छैठौं बालमैत्री वडा घोषणा हुनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *