फ्रिडम फाइटर्सले चुम्यो भेट्रान्स फुटबलको उपाधी

हेटौंडा, हेटौंडामा भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौंले जितेको छ ।मङ्गलबार भएको फाइनल खेलमा पूर्वेली क्लव झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै फ्रिडम फाइटर्सले उपाधी चुमेको हो ।

ADVERTISEMENT

उपाधि जित्न सफल फ्रिडमले २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता झापाले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलको तेस्रो मिनेटमै निलेन्द्र देवानको गोलमार्फत खेलमा काठमाडौंले अग्रता बनायो । २० मिनेटमा देवानले नै अग्रता दोब्बर बनाए । काठमाडौंका लागि ३७ औं मिनेटमा विकर्ण श्रेष्ठले तेस्रो गोल गरे ।

३ गोलले पछि परेको झापाले दोस्रो हाफमा २ गोल गर्दै खेलमा फर्किने सम्भावना देखाएपनि अन्ततः उपविजेतामै चित्त बुझाउन बाध्य भयो । झापाको तर्फबाट मित्र बस्नेतले ४० मिनेट र ४३ मिनेटमा रमेश गुरुङले गोल गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्टसहित विधागत उत्कृष्ट खेलाडीमा काठमाडौंले कब्जा गर्‍यो । सर्वोत्कृष्ट खेलाडी र म्यान अफ द म्याच निलेन्द्र देवान घोषित भए । उत्कृष्ट स्ट्राइकर विकर्ण श्रेष्ठ, मिडफिल्डर राजु तामाङ, डिफेण्डर राजकुमार घिसिङ, गोलरक्षक सञ्जिव खड्की र प्रशिक्षक सुरज श्रेष्ठ घोषित भए । सर्वोत्कृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ प्राप्त गर्दा विधागतरुपमा उत्कृष्ट खेलाडीले नगद पाँचहजार रुपैयाँ प्राप्त गरेका थिए ।

ADVERTISEMENT

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई रोटरीका अध्यक्ष अनिल अग्रवाल, समापनको प्रमुख अतिथि वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, प्रतियोगिता संयोजक मोहन ढकाललगायतले पुरस्कार वितरण गरेका हुन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya