एचआईभी संक्रमितको अवस्था र चुनौतीको बारेमा छलफल

हेटौँडा, मकवानपुर पोजेटिभ समूहले विहीबार हेटौंडामा सरोकारवालासँग छलफल आयोजना गरेको छ । मकवानपुरमा एचआईभी संक्रमितको अवस्था र आएका चुनौतीका विषयमा बृहत छलफल गरिएको थियो । सहभागीहरुले मकवानपुरमा सहज रुपमा उपचार सेवाको माग गरेका छन् । उनीहरुको उपचारको क्रममा गोपिनियता कायम राख्दै अस्पतालहरुले उपचार गरिनुपर्ने माग राखेका थिए ।

ADVERTISEMENT

उनीहरु माथी लाग्ने लान्छना र भेदभावको अन्त्य गरिनुका साथै भेदभाव रहित स्वास्थ्य उपचार र शिक्षा दिन तीन तहको सरकारले ध्यान दिनुपर्ने जोड दिएका थिए । मकवानपुरमा २९७ एचआईभी संक्रमितहरुले एआरबी औषधि सेवन गर्दै आइरहेको मकवानपुर पोजेटिभ समूहका अध्यक्ष राजु सुवेदीले बताए ।

छलफल कार्यक्रममा हेटौंडा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख बासुदेव रिमाल, स्वास्थ्य निर्देशनालयका सुशील आचार्य, एड्स हेल्थ फाउन्डेसन नेपाल चितवनका प्रमुख कृष्ण सापकोटा, इपिक नेपाल प्रदेश संयोजक अजय कटुवाल, जीडब्लुपीका कार्यक्रम संयोजक मिलन न्यौपाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फ्रेन्ड्स हेटौंडाका दील कुमारी तामाङ लगायत हेटौंडामा सञ्चालित निजी अस्पतालका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

मकवानपुर पोजेटिभ समूहका अध्यक्ष राजु सुवेदीका अध्यक्षतामा छलफल गरिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *