मकवानपुरमा आत्महत्याका घटना बढ्दो

हेटौंडा, मकवानपुरमा आत्महत्याका घटना बढ्दो रहेको छ । जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ४३ जनाले आत्महत्या गरेका छन् । जिल्लामा आत्महत्या गर्नेमा २८ जना पुरुष, १२ महिला, २ बालक र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।

ADVERTISEMENT

उनीहरुले पारिवारिक कलह, आर्थिक समस्या, प्रेम सम्बन्धलगायत विविध कारण आत्महत्या गरेको देखिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, जिल्लामा पछिल्लो साता मात्रै ६ जनाले आत्महत्या गरेका छन् । जसमा राक्सिराङ गाउँपालिकाका एक जना, मकवानपुर गढी गाउँपालिकाका एक जना, हेटौंडा उपमहानगरपालिकाका एक जना, बकैया गाउँपालिकाका एक जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् ।

जिल्लामा गत आर्थिक वर्षमा १ सय ५५ जनाले आत्महत्या गरेको मकवानपुर प्रहरीको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya