९१ जनाको पाठेघरको परीक्षण

हेटौंडा, लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डले आयोजना गरेको निशुल्क पाठेघर परीक्षण शिविरमा ९१ जनाले सेवा लिएका छन् ।

ADVERTISEMENT

लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डको आयोजना तथा नेपाल परिवार नियोजन संघको कार्यालयमा बुधबार निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको हो । शिविरमा ९१ जनाले सेवा लिएको जानकारी दिइएको छ ।

शिविरका सहभागीलाई स्वास्थ्य जाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । परीक्षण गराएकामध्ये ९ जना महिलामा समस्या देखिएको छ । समस्या देखिएका महिलालाई थप उपचारको सुविधा समेत प्रदान गरिने आयोजक लायन्स क्लब अफ हेटौँडा पाथिभरा गोल्डका अध्यक्ष अप्सरा मानन्धरले जानकारी दिइन् । शिविरमा वरिष्ठ स्टाफ नर्स ममिता श्रेष्ठले स्वास्थ्य जाँच गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya