४२ तोला सुनसहित २ जना पक्राउ

हेटौंडा , हेटौंडा–१५ रातामाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले ४२ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा भारत अमृतसार पंजाबका ३४ वर्षीय तर्सिम सिंह र धनुषाको सबेला नगरपालिका–२ का ३९ वर्षीय हितेशकुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले शुक्रबार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६२१७ नम्बरको र वाग्मती प्रदेश ०३–००१ख १७२७ नम्बरको बसमा छुट्टाछुट्टै सवार गरी आएका तर्सिम र हितेशको साथबाट अवैध सुन फेला पारेको थियो ।

ADVERTISEMENT

प्रहरीले दुवैको साथबाट ४ सय ८० ग्राम ०८३ मिलिग्राम बराबर ४९ लाख २२ हजार ६ सय २५ रुपैयाँको अवैध सुन फेला पारेको थियो । सुनसहित तर्सिम र हितेशलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *