हेटौंडा, नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरेके छ ।
सोमबार १११ औँ बी।पी जयन्तीको अवसरमा ६० जना बिरामीलाई फलफुल वितरण गरेको हो। संघका अध्यक्ष मुक्तानको नेतृत्व, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामाको प्रमुख आतिथ्यता तथा नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासंघ मकवानपुर अध्यक्ष पदमबहादुर तितुङ, नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य राजकुमार गोले, नेविसंघ केन्द्रिय सदस्यद्वय मिलन पुडासैनी र उमेश लाल स्याङ्तान, नेविसंघ मकवानपुर कार्यवाहक अध्यक्ष सन्तोष चौलागाईं, जिल्ला सचीव आशिष बास्तोला र जिल्ला सदस्य श्रीकृष्ण ढकाल (सवित) लगायतको उपस्थितिमा अस्पतालमै पुगी फलफुल वितरण गरिएको बताएका छन् ।







