नमूना प्रगति सहकारी संस्थामा २५ प्रतिशत तरलता

हेटौंडा, हेटौंडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तरलता २५ दशमलव ७३ प्रतिशत रहेको छ । संस्थाको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वित्तिय विवरण यस्तो देखाएको हो ।

ADVERTISEMENT

मंसिर मसान्तसम्म संस्थाको शयेर पुँजी २ करोड ८३ लाख ५५ हजार ८ सय रहेको छ भने कुल बचत/निक्षेपमा २९ करोड ४९ लाख ७१ हजार ५ सय ९४ रुपैयाँ रहेको छ ।

संस्थाको जगेडा कोष २ करोड ७३ लाख २ हजार ९ सय २५ रुपैयाँ रहेको छ । संस्थाको लगानीमा रहेको कर्जा २९ करोड ४० लाख ४२ हजार ७६ रुपैयाँ रहेको छ ।

मंसिर मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३८ करोड १८ लाख भन्दा बढी रहेको छ । संस्थामा २ हजार ५ सय ९४ जना शेयर सदस्य आबद्ध छन् भने ८५८ जना कुल ऋणी सदस्य रहेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *