२५ जनाले गरे रक्तदान

हेटौंडा, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा- ४ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

ADVERTISEMENT

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किशन घिसिङ्गको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका ४ नं वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिबहरि दाहालको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेरेसो मकवानपुरका उपकोषाध्यक्ष मंगल रखाल, कार्यालय प्रमुख लक्ष्मण भट्टराईं ४ नं वडा सदस्य एवं भुवनेश्वर सेवा समितीका अध्यक्ष जगन्नाथ पाण्डे, श्रमिक माबीका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक संगठन मकवानपुरका सचिब मुकुन्द न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडाका अध्यक्ष देवकुमार श्रेष्ठ लगाएत विभिन्न संघसंस्थाको प्रतिनिधि एवं युवा रेडक्रस सर्कलका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।


उपशाखाको नियमित कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उपशाखाका सचिब हिक्मत श्रेष्ठले जानकारी दिए।
बिपदको समयमा रेडक्रसको आबस्यक्ता र महत्त्व अझ धेरै रहेकोले केही समय भित्र शिक्षकहरुको सहभागीतामा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचारको तालिमको आयोजना गर्ने योजना रहेको उपशाखा कोषाध्यक्ष सिताराम दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *