मनहरी अध्यक्ष कपः वडा नम्वर २ र ७ नम्बर फाइनलमा

हेटौंडा, मनहरी गाउँपालिकाको २ र ७ नम्बर वडा मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै २ र ७ नम्बर वडाले उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेमिफाइनल खेलमा २ ले ६ नम्बर वडालाई टाइब्रेकरमा हराएको हो ।

ADVERTISEMENT

निर्धारित समयको खेल एक÷एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । २ नम्बर वडाका पाँचै खेलाडीको प्रहार गोलमा परिणत हुँदा ६ नम्बर वडाका दुइजनाले गोल गर्न सकेनन् । खेलमा वडा नम्बर २ का गोलरक्षक अशोक मोक्तान म्यान अफ द म्याच भए । दोस्रो सेमिफाइनल खेलमा ७ नम्बरले ८ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो । ७ ले पहिलो हाफमा गरेको गोल नै जितको लागि पर्याप्त बन्यो । ७ नम्बर वडाका लागि २३ औँ मिनेटमा रवि लोले निर्णायक गोल गरेका हुन् । फुटबल खेलको विकासका लागि मनहरी गाउँपालिकाको आर्थिक सहयोग तथा युवा तथा खेलकुद विकास समिति मनहरीले प्रतियोगिता आयोजना गरेको हो ।

फाइनल खेल ५ गते बिहीबार हुनेछ । ३० गते देखि मनहरी–७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा चौथो मनहरी अध्यक्ष कप फुटबल सञ्चालन भैरहेको हो । प्रतियोगिताको विजेताले एकलाख र उपविजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई समेत नगद ट्रफी प्रदान गरिनेछ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya