आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई

हेटौँडा, थाहा नगरपालिका–२०८२ अन्तर्गत आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले हात पारेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले यसपटक पनि प्रतियोगितामा वर्चस्व कायम गरेको हो। योसँगै जनकल्याणले आठौँ पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको छ।

ADVERTISEMENT

प्रतियोगितामा जनकल्याण माविले १७ स्वर्ण, ११ रजत र ६ कास्य पदकसहित कुल ३४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी स्वच्छन्द भैरव माध्यमिक विद्यालयले ७ स्वर्ण र २ कास्य पदकसहित ९ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्दा बागेश्वरी माध्यमिक विद्यालयले ४ स्वर्ण, ९ रजत र ७ कास्य पदकसहित २० पदक प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएको छ। उपाधिसँगै प्रथम हुने जनकल्याण माविले नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने विद्यालयले नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

यसै अवसरमा सञ्चालन गरिएको मेयरकप भलिबल प्रतियोगिता अन्तर्गत छात्र तर्फ जनकल्याण माध्यमिक विद्यालय र छात्रा तर्फ मत्स्यनारायण माध्यमिक विद्यालय उपाधि विजेता बनेका छन्। फाइनल खेलमा छात्र तर्फ जनकल्याणले बज्रबाराही माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि हात पारेको हो भने छात्रा तर्फ मत्स्यनारायणले दुर्गादेवी माध्यमिक विद्यालयलाई हराउँदै उपाधि चुमेको हो। मेयरकप भलिबल प्रतियोगितामा प्रथम तथा उपविजेता टोलीले नगद रु २० हजार तथा द्वितीय हुने टोलीले नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

भलिबलतर्फ छात्र वर्गमा जनकल्याणका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रा वर्गमा दुर्गादेवी माविकी नन्दी गोले उत्कृष्ट खेलाडी बन्न सफल भइन्। कबड्डी छात्र तर्फ बज्रबाराही मावि प्रथम हुँदा दोस्रो जनकल्याण मावि, र तेस्रो इअन एकेडेमी बागेश्वरी माबी हुन सफल रहे तेसै गरि कबड्डी छात्रा तर्फ प्रथम जनकल्याण मावि हुँदा दोस्रो मत्स्यनारायण मावि, तेस्रो इन्द्रायणी र बागेश्वरी मावि हुन सफल रहे कराते बिधा तर्फ स्वच्छन्द भैरव मावि ले ७ संवरण सहित प्रथम प्रथम हुन सफल रह्यो तेसैगरी मार्चपास तर्फ प्रथम पालुङ भ्याली हार्ट, दोस्रो नाट्यश्वर मावि, तेस्रो दुर्गादेवी मावि हुदा एथलेटिक्स छात्रा तर्फ ७ स्वर्ण सहित जनकल्याण मावि प्रथम हुँदा छात्र तर्फ पनि ६ स्वर्ण सहित जनकल्याण माबी प्रथम हुन सफल रह्यो।

प्रतियोगितामा १७ विधामा कुल १ हजार ३१८ जना विद्यार्थी खेलाडी सहभागी भएका थिए। थाहा नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी १८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको यो प्रतियोगिता थाहा नगरपालिका शिक्षा शाखाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन गरिएको थियो। तीन दिनसम्म चलेको प्रतियोगिताको समापन समारोह थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको थियो। समापन कार्यक्रममा वक्ताहरूले विद्यालयस्तरबाट खेलकुद विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *