मल बोकेको ८ ट्रक नियन्त्रणमा

हेटौंडा, मकवानपुर प्रहरीले खाद्य मल बोकेको ८ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । ढुवानी कर छली गरेर ल्याएको अवस्थाको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे चेकपोइन्टमा वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेका ८ वटा ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ना.६ ख ५२०४, बा.प्र.०३–००१ ख.०९५२, ना.६ ख. ३७३०, प्र.२–०३–००१ ख.६९७७, लु.१ ख.९५६९, ना.६ ख.३७२५, बा.प्र.०३–००१ ख.०९५४ र ना.६ ख ९७८६ नम्बरको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ढुवानी कर छलेर खाद्य मल ल्याउँदै गरेको छ भन्ने विशेष सूचनाका आधारमा ८ वटा ट्रकलाई नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीचौकी रातोमाटेको टोलीले नियन्त्रणमा लिएका ट्रकहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya