खानेपानीको महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने

हेटौंडा, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डमा आवद्ध भएका उपभोक्ताहरुले पानीको महसुल अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ । हेटौंडा उपमहानगर भित्र रहेको खानेपानी ब्यबस्थापन बोर्ड कार्यालय हेटौंडामा खानेपानीको महसुल एनएमवी बैंक मार्फत अनलाइनबाटै भुक्तानी गर्ने सहमति पत्रमा बुधबार हस्ताक्षर समेत भएको छ । अब ग्राहकहरुले काउण्टरसम्म पुगेर लाईन बसेर बिल तिर्ने झन्झट व्यहोर्नु पर्ने छैन ।

ADVERTISEMENT

हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरको मेयर मिना लामाको प्रमुख आतिथ्यतामा एनएमबि एपको उद्घाटन गरिएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले पानी संरक्षण गर्नु सबैको दायित्व भएकाले उपमहानगरपालिकाले खानेपानी संरक्षणका लागि खानेपानी व्यवस्थापन बोर्डसँग छलफल गरी आवश्यक योजनाहरु बनाइरहेको बताईन् ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले आफ्ना उपभोक्तालाई मासिक १० हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउदै आईरहेको छ ।

कार्यक्रममा एनएमवी बैकंका सीइओ सुरेश उपाध्याय, हेटौंडा– २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, खानेपानी व्यवस्थापन बोर्ड सदस्य इन्द्र प्रसाद नेपाल, खानेपानी व्यवस्थापन बोर्ड कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *