हेटौंडामा ‘रे जेडआर १२५ हाइब्रिड’ स्कुटर सार्वजनिक


हेटौंडा, यामाहा नेपालले हाइब्रिड स्कुटर ‘रे जेडआर १२५’ नेपाली बजारमा ल्याएको छ । यामाहाको लागि मकवानपुरको आधिकारीक विक्रेता राज मोटर्समा आइतबार रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेको हो । स्मार्ट मोटर जेनेरेटरसहितको यो पहिलो हाइब्रिड स्कुटर रहेको कम्पनीको दाबी छ । यो स्कुटर चार भेरियन्ट स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लसमा उपलब्ध छ ।

ADVERTISEMENT

नेपालका कलाकार सुरजसिंह ठकुरी, अनुप विक्रम शाही, लाहुरे, प्रियंका कार्की र दिया मास्केले स्कूटर सार्वजनिक गरेका थिए । उनीहरु हिमालयन रोडिज सिजन ५ को प्रि अडिसनको लागि हेटौंडा आएका थिए ।

‘एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी रे जेडआर हाइब्रिड एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मानकको रूपमा एलइडी हेडल्याम्पले सुसज्जित छ’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘जसले सवारी चालकहरूको लागि अधिकतम भिजिबलिटी र सुविधा सुनिश्चित गर्दछ ।’ यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कटअफ फङ्सन र २१ लिटर अन्डरसिट भण्डारण सुविधा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा भएको स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी ऊर्जा बचत गर्दछ ।राज मोटर्सका सञ्चालक राजन श्रेष्ठका अनुसार यस स्कुटरमा शक्ति, शैली र सुरक्षाको संयोजन रहेकाले ग्राहकको मन जित्ने बताए । रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य २ लाख ७९ हजार ९०० बाट सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya