राष्ट्रपति रनिङ शिल्डमा मकवानपुरलाई २ स्वर्ण

हेटौंडा, राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेशस्तरीय खेलमा मकवानपुरले २ स्वर्ण जितेको छ । आइतबार भएको प्रतियोगितामा मकवानपुरले एथ्लेटिक्स विधामा २ स्वर्ण जित्न सफल भएको हो ।

ADVERTISEMENT

४ सय मिटर दौड प्रतियोगितामा मकवानपुरका आयुष नेगीले स्वर्ण जितेका छन् । यसैगरी १०० मिटर रिले दौड प्रतियोगितामा मकवानपुरका पाण्डेय राई, सुजन राई, सुमन योन्जन र आयुष नेगीले स्वर्ण जित्न सफल भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए । आइतबार भएको महिला तथा पुरुष कबडी प्रतियोगितामा मकवानपुरले पहिलो खेलमा जित हासिल गरेको छ ।

पुरुष खेलमा मकवानपुरले नुवाकोटलाई र महिलामा मकवानपुरले दोलखालाई पराजित गर्न सफल भयो । यसैगरी आइतबार भएको पुरुष भलिबल प्रतियोगितामा पनि मकवानपुरले पहिलो खेलमा विजयी हासिल गरेको छ । मकवानपुरले रसुवालाई २५–२० र २५–२४ को सोझो सेटमा पराजित गरेको हो । प्रदेशस्तरीय खेलमा मकवानपुर जिल्लाबाट ८४ जना खेलाडी सहभागी छन् ।

ADVERTISEMENT

जिल्लामा विजेता भएका खेलाडीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले ५ दिन बन्दप्रशिक्षणको समेत व्यवस्था गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya