रोटर्याक्टको अध्यक्ष र सचिवको भेलालाई महेन्द्र प्युरिफायरले प्रायोजन गर्ने

हेटौंडा /रोटर्याक्ट क्लब अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा हुने अध्यक्ष र सचिवको भेला (प्रेसिडेन्ट सेक्रेटरी मिट) लाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गर्ने भएको छ । भदौ २५ गते हेटौंडामा हुन लागेको कार्यक्रमलाई सफल बनाउनको निम्ति सोमबार महेन्द्र र रोटर्याक्टबीच सहमति भएको हो ।

ADVERTISEMENT

महेन्द्रको तर्फबाट प्रबन्ध निर्देशक पप्पु केशरी र रोटर्याक्टको तर्फबाट रोटर्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकाल र रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालभर रहेका १७६ वटा क्लबका अध्यक्ष र सचिव सहित क्लबका अन्य सदस्यहरु समेत उपस्थित हुनेछन् । कार्यक्रमले हेटौंडा र हेटौंडाका पर्यटकीय क्षेत्रहरुलाई देशैभरि चिनाउन मद्धत गर्ने विश्वास लिएको रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले बताए ।

‘देशभरीबाट आउनुभएका रोटर्याक्टर ज्यूहरुले हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरु घुम्नुहुनेछ,’ अध्यक्ष राईले भने ‘जस कारण हेटौंडाका पर्यटकीय गन्तव्यहरुलाई देशभरिमा चिनाउन मद्धत पुग्नेछ ।’ कार्यक्रममा कुल लागत करिब २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । कार्यक्रमलाई यति व्रेवरी, सागर डिष्टिलरी, स्मार्ट स्टडी लगायतले समेत प्रायोजन गरेका छन् । त्यसैगरी रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरले पनि कार्यक्रमको लागि आवश्यक साथ र समन्वय गरिरहेको अध्यक्ष राईले बताए । कार्यक्रमको तयारी तीव्र पारिएको रोटर्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *