मोवाईल व्यवसायी महासंघको प्रदेश अध्यक्षमा रिजाल

हेटौंडा , नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेशको प्रथम भेला शनिबार हेटौंडामा भएको छ । भेलाले हेटौंडाका एसीस रिजालको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ ।

ADVERTISEMENT

प्रदेश समितिको उपाध्यक्षमा काभ्रेका प्रेम प्रसाद दाहाल र ललितपुरका देवभक्त डंगोल चयन भएका छन् । समितिको महासचिवमा चितवनका सुरज पौडेल सचिवमा मकवानपुरका चन्द्रमणी पाठक, कोषाध्यक्षमा मकवानपुरकै मिलन स्याङ्तान, सह-कोषाध्यक्षमा भक्तपुरमा रामगोपाल ख्वालापला चयन भएका छन् ।

समितिको सदस्यहरुमा कुमारमणी त्रिपाटी (मकवानपुर), विक्रम कंडेल(चितवन), रतन भट्ट(चितवन), जलित मिँया(धादिङ), प्रमोद श्रेष्ठ (रामेछाप), श्रीचन्द्र श्रेष्ठ(सिन्धुली), बलबहादुर श्रेष्ठ(सिन्धुली), रुद्रमणी धिताल(काठमाडौं), दिनेश लम्साल(ललितपुर), दीपक अधिकारी(काठमाडौं), दील बहादुर तामाङ(काठमाडौं), विशाल ढकाल(काभ्रे), जीवन बलामी(भक्तपुर), रविन लामा (भक्तपुर) र कुवेर प्रसाद डोटेल (ललितपुर) चयन भएका छन् ।

२७ जनाको कार्यसमितिमा पाँच जना सदस्य आगामी बैठकले थप गरि लैजाने नवनिर्वाचित अध्यक्ष एसीस रिजालले बताएका छन् । निर्वाचन प्रक्रियामा महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभित प्रसाई, प्रदेश संयोजक छतेन्द्र आचार्यलगायतको उपस्थिती रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *