महोत्सवमा पुस १० गते ज्योति मगर र पशुपति शर्माको प्रस्तुती

हेटौंडा, हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा चर्चित लोक गायिका ज्योति मगर र लोक गायक पशुपति शर्माको प्रस्तुती रहने छ ।

ADVERTISEMENT

पुस १० गते लोकदोहोरी गायक र गायिका सँगै मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रस्तुती रहने छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजना हेटौंडाको टिसिएन चौरमा बृहत खेलकुद तथा व्यापार महोत्सव भइरहेको छ ।

प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रश्तुती रहँदै आएको छ । १७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ ।

महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यान लगायत राखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *