रोबोर्टद्वारा तासिरको वार्षिकोत्सव उद्घाटन, रोबोर्टकै स्वागत मन्तव्य

हेटौंडा, हेटौंडा ७ मा रहेको तासिर इङ्लिस सेकेण्डरी विद्यालयले फरक शैलीबाट कार्यक्रम उद्घाटन गरेको छ । विद्यालयको २० औँ वार्षिक उत्सवको उद्घाटन रोबोर्टद्धारा गरिएको हो ।

ADVERTISEMENT

ब्यानटरलाई छोपिएको रिमोट कन्ट्रोल पर्दालाई हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको हातबाट रिमोट कन्ट्रोलको सहायताले खोल्दै कार्यक्रम उद्घाटन गरिएको हो । कार्यक्रममा रोबोर्टले दिएको स्वागत मन्तव्य कार्यक्रमको आकर्षण रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठेबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रोबोटिक, विज्ञान तथा प्रविधि, आईटी, नेपाली साहित्य, अंग्रेजी साहित्य, स्थानीय प्रविधि तथा खेल स्टलहरु राखिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुका नृत्य, गायन, नाटयकला, उद्घोषण प्रतिभा प्रस्फोटन गरिएको थियो भने एसइइ २०७९मा जिपिए ४ सहित जिल्ला प्रथम हुने विद्यार्थी डाफिन राईकालाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, जिपिए ३ दशमलव ९५ सहित जिल्ला द्वितीय हुने विद्यार्थी प्रवल थापा र सुयोग अर्याललाई नगद १० हजार १ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

विद्यालय सञ्चालक राजन थापा र प्रिन्सिपल विनोद शर्मा थपलियाले विद्यालयले गर्दै आएको असल अभ्यास र भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेत, नागस्वति भेट्रान्सका अध्यक्ष सोमबहादुर तितुङ, उद्योग वाणिज्य संघका निलम पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya