जेन–जी आन्दोलन र मेरो धारणा

राष्ट्रमा भएको भ्रष्टाचार, कुशासन, अन्यायको घनघोर ज्वाला बनि निस्किएको क्रोध नै सेप्टेम्बर ८ र ९ मा भएको जेन–जी आन्दोलन थियो । बच्चै त हुन नि यिनीहरूले राजनीतिक बुझेका छैनन् भन्ने मानसिकता तोड्दै जेन्जीले लामो समयदेखि चलिआएको शासनलाई २७ घण्टामा अन्त्य गराइदिएका छन् ।

इन्डोनेसिया, बंगलादेश हुँदै आएको यो क्रोध र प्रतिशोधको ज्वालाले नेपाललाई सल्काउन केही बेर लगाएन । हामी जेन्जी पुस्ताले नै सबैभन्दा बढी कष्ट भोगिरहेका छौँ । १२ कक्षा सकिएपछि नेपालमा रोजगारी नपाएर विदेशिनुपर्ने अवस्था छ । विदेश गएपछिको त्यो पीडालाई कसले बुझ्न सक्थ्यो र ? आफू रोएर भए पनि घरमा पैसा पठाएर आमा बाबुको मन खुसी बनाउन सङ्घर्ष गरिरहेका ति युवाको आन्दोलन थियो ।

आन्दोलनमा भाग नलिए पनि मैले सामाजिक सञ्जालबाट देशमा घटिरहेको घटना बारे जानकारी लिइरहेको थिएँ । कसैलाई खोलामा लेखेटेर कुटिरहेका दृष्य देखिन्थे भने कसैले गोली खाएर ढलिरहेको दृष्य देखिन्थे । युवाहरूको टाउको र छातीमा गोली लागेर ढलिरहेका दृष्यले मन नै चरक्क भएर आउँथ्यो । भोलिपल्टको आन्दोलनले त रुप नै परिवर्तन ग¥यो । युवाहरुले धेरै क्षति पु¥याए ।

मलाई लाग्यो मान्छेको ज्यानको मूल्यको तुलनामा यस्तो क्षति त सामान्य नै हो । तर देशकै भौतिक सम्पत्ति नै नष्ट हुनु भने त्यति राम्रो कुरा होइन । कतिपय नेताहरू घरमै कुटिएका दृष्य पनि मैले सामाजिक सञ्जालमार्फत हेर्न पाएँ । मलाई लाग्छ यो आन्दोलनमा अवाञ्छित तत्वको घुसपैठ पनि भएको छ । सिंहदरबार जलायनृदेखि आन्दोलनमा नाममा आम नागरिकको पसल तथा धनसम्पत्ती लुट्ने कार्य अत्यन्त नराम्रा काम भएकै हुन् ।

अहिले लाग्छ आन्दोलनका कारण आमाको काख रित्तिएको छ । तर वर्षाैँसम्म एकछत्र राज गर्ने नेताहरूको केही पाठ भने अवश्य सिकेका छन् । नेपालमा हरेक १५–२० वर्षमा यस्ता आन्दोलन भइरहन्छन् अहिले आन्दोलनप्रत म आशावादी छु किनभने यसले देशमा परिवर्तन अवश्य ल्याउने छ भन्ने मलाई लाग्छ । अब देशमा भ्रस्टाचारमा कमी आउने छ । अहिलेसम्म भ्रस्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ र जरैदेखि भ्रस्टाचार निर्मूल पार्नुपर्छ ।


(अर्याल प्रगति माध्यमिक विद्यालय कक्षा– १० मा अध्ययनरत छात्रा हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *