क्यान्सर पिडितलाई कोभिड रेन्सपोन्स टीमको सहयोग

हेटौडा, कोभिड रेन्सपोन्स टीम, हेटौडा ६/१७ ले यहाँको एक क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । हेटौडा–६, चौघडा निवासी मान कुमारी चौलागाईलाई टीमको तर्फबाट उपचारको लागि ६१ हजार ८ सय ४० रुपैयाँ सहयोग गरिएको हो ।
कोभिड रेन्सपोन्स टीमको तर्फबाट २० हजार र अन्य रकम विभिन्न ब्यक्तिहरुबाट संकलन गरिएको मान कुमारी चौलागाई बचाउ अभियानका संयोजक केशव धितालले बताए ।

ADVERTISEMENT

संकलित रकम हेटौडा–६ का निवर्तमान अध्यक्ष एवम भूमि आयोग मकवानपुका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाईले पिडितका श्रीमान सोमहरि चौलागाईलाई हस्तान्तरण गर्नु भएको थियो । क्यान्सर पिडित चौलागाईको हाल विपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा उपचार भैरहेको छ । रकम पाए पछि श्रीमतीको उपचारमा सहयोग मिलेको पिडितका श्रीमान चौलागाईले बताए ।

विश्वमा फैलिएको कोभिडको समयमा कोभिड पिडितको उपचार र सहयोग गर्ने उद्धेश्यले स्थापित यो टीमले भविष्यमा सामाजिक कार्य, दुःख र विभिन्न प्रकारका रोगबाट थलिएका र उपचार गर्न नसक्ने ब्यक्तिहरुलाई सहयोग गर्ने योजना रहेको टीमका सदस्य भरत सापकोटाले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya