क्यान्सर पिडितलाई कोभिड रेन्सपोन्स टीमको सहयोग

हेटौडा, कोभिड रेन्सपोन्स टीम, हेटौडा ६/१७ ले यहाँको एक क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । हेटौडा–६, चौघडा निवासी मान कुमारी चौलागाईलाई टीमको तर्फबाट उपचारको लागि ६१ हजार ८ सय ४० रुपैयाँ सहयोग गरिएको हो ।
कोभिड रेन्सपोन्स टीमको तर्फबाट २० हजार र अन्य रकम विभिन्न ब्यक्तिहरुबाट संकलन गरिएको मान कुमारी चौलागाई बचाउ अभियानका संयोजक केशव धितालले बताए ।

ADVERTISEMENT

संकलित रकम हेटौडा–६ का निवर्तमान अध्यक्ष एवम भूमि आयोग मकवानपुका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाईले पिडितका श्रीमान सोमहरि चौलागाईलाई हस्तान्तरण गर्नु भएको थियो । क्यान्सर पिडित चौलागाईको हाल विपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा उपचार भैरहेको छ । रकम पाए पछि श्रीमतीको उपचारमा सहयोग मिलेको पिडितका श्रीमान चौलागाईले बताए ।

विश्वमा फैलिएको कोभिडको समयमा कोभिड पिडितको उपचार र सहयोग गर्ने उद्धेश्यले स्थापित यो टीमले भविष्यमा सामाजिक कार्य, दुःख र विभिन्न प्रकारका रोगबाट थलिएका र उपचार गर्न नसक्ने ब्यक्तिहरुलाई सहयोग गर्ने योजना रहेको टीमका सदस्य भरत सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *