हेटौँडा विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयकी रितिका छत्कुलीले जीपीए ४ अंक हासिल गरेकी छन् ।
मकवानपुर जिल्लाबाट एकजना विद्यार्थीले मात्रै जीपीए ४ हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये हेटौंडा उपमहानगरपालिका २ नम्वर वडामा रहेको बालजागृति विद्यालयकी रितिकाले सर्वाधिक अङ्क हासिल गरेकी हुन् । जीपीए ४ अंक हासिल भएकाले उनी जिल्ला प्रथम भएको विद्यालयको दाबी छ ।
उक्त विद्यालयबाट एसईई नतिजाम ३४ जनाले ए प्लस , ३६ जनाले ए ग्रेड हासिल गरी समग्रमा ९० दशमलव ९ प्रतिशत नतिजा हासिल गर्न सफल भएको विद्यालयको प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए ।