बालजागृति विद्यालयकी रितिकाको जीपीए फोर

हेटौँडा विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयकी रितिका छत्कुलीले जीपीए ४ अंक हासिल गरेकी छन् ।

ADVERTISEMENT

मकवानपुर जिल्लाबाट एकजना विद्यार्थीले मात्रै जीपीए ४ हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये हेटौंडा उपमहानगरपालिका २ नम्वर वडामा रहेको बालजागृति विद्यालयकी रितिकाले सर्वाधिक अङ्क हासिल गरेकी हुन् । जीपीए ४ अंक हासिल भएकाले उनी जिल्ला प्रथम भएको विद्यालयको दाबी छ ।

उक्त विद्यालयबाट एसईई नतिजाम ३४ जनाले ए प्लस , ३६ जनाले ए ग्रेड हासिल गरी समग्रमा ९० दशमलव ९ प्रतिशत नतिजा हासिल गर्न सफल भएको विद्यालयको प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya