उपमहानगरद्वारा अस्पताललाई डेंगु किट हस्तान्तरण

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई डेंगु किट हस्तान्तरण गरेको छ । हेटौंडा बजार क्षेत्र सहित जिल्लाको विभिन्न स्थानमा फैलिँदै गरेको डेंगु संक्रमितको उपचारमा सहयोग पुर्‍याउन हेटौंडा उपमहानगरपालिकाले किट हस्तान्तरण गरेको हो । किटको अभावका कारण उपचारमा समस्या भएको जनगुनासो पछि संक्रमितको उपचारमा सहयोग पुर्‍याउन उपमहानगरपालिकाले एकहजार १५० थान किट उपलव्ध गराएको हो ।

ADVERTISEMENT

उपमहानगरपालिकाकाले उपलव्ध गराएको किट उपमेयर राजेश बानियाँ, प्रवक्ता सविन न्यौपाने र हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जनले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटा र अस्पताल सञ्चालक समितिका सदस्य हिरा लामालाई हस्तान्तरण गरेका हुन् । किटको अभावमा डेंगुका आशंका लागेर अस्पताल आएका बिरामिलाई उपचारमा असहज भएको अवस्थामा उपमहानगरपालिकाको सहयोगले सहज भएको डा. सापकोटाले बताए ।

जनताले सेवा नपाएको गुनासोपछि किटको जोहो गरेर उपचार सेवालाई सुचारु गर्न सहयोग गरेको उपमेयर बानियाँले बताए । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मंगलबार सम्म ७२३ जनामा डेंगुको संक्रमण देखिएको छ । कार्यालयका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकाको ४ र ५ नम्बर वडामा डेंगुको संक्रमणका बिरामी फेला परेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya