सोलिड्यारिटीको स्थापना दिवसमा पुस मसान्तसम्म निशुल्क भर्ना अभियान

हेटौंडा, हेटौंडा- १० मा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा पुस मसान्तसम्म प्ले ग्रुप र नर्सरी कक्षामा निशुल्क भर्ना व्यवस्था गरेको छ । विगत तीन वर्षदेखि शुरु भएको यो अभियान यस वर्ष पनि कायमै रहेको विद्यालयको प्रिन्सिपल रीना आचार्यले जानकारी दिइन् । विद्यालयले विहीबार ३१ औँ स्थापना दिवस मनाइएको छ ।

ADVERTISEMENT

‘पुस १९ गतेदेखि पुस २९ गतेसम्म प्ले ग्रुप र नर्सरीमा भर्ना गर्नुभएका विद्यार्थीलाई निःशुल्क व्यवस्था गरेका छौँ ।’ विद्यालयका प्रिन्सिपल आचार्यले भनिन् –‘विद्यालयको स्थापना दिवसको अवसरमा निःशुल्क भर्ना अभियान सञ्चालन गरेका हौँ ।’ गत वर्ष प्ले ग्रुप र नर्सरीमा ५० जना विद्यार्थीले निःशुल्क भर्ना गरेको विद्यालयले जनाएको छ ।

गतवर्षबाट सोलिड्यारिटी इन्टरनेशनल विद्यालयले कक्षा ११ र १२ मा वाणिज्य संकाय र होटल म्यानेजमेन्ट संकायमा अध्यापन गर्दै आइरहेको छ । विद्यालयमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी प्रिसिन्पल आचार्यले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya