हाम्रो कृषिले दशैं खसी बजार मेला गर्ने

हेटौंडा, २६ भदौँ/हेटौंडा–११ मा रहेको हाम्रो कृषि सहकारी संस्था लिमिटेडले दशैं पर्वलाई लक्षित गरी दशैँ खसी बजार मेला सञ्चलान गर्ने भएको छ । सहकारी संस्थाको भदौ २० गते सोमबार बसेको भेलाले दशैँ खसी बजार मेला सञ्चालन गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

‘उपभोक्तालाई लक्षित गरी दशैँ खसी बजार मेला सञ्चालन गर्न लागेका हौं’, संस्थाका उपाध्यक्ष दीपक उप्रेतीले भने, ‘घटस्थापनाको दिनदेखि अष्टमीसम्म संस्थाको आफ्नै प्राङ्गणमा मेला सञ्चालन गर्नेछौं । किसानलाई सही मूल्य र उपभोक्तालाई सस्तो र सहज खसीबोका किन्न पाउन् भन्ने उद्देश्यले खसी बजार मेला सञ्चालन गर्न लागेका हौं ।’ दशैँ खसी बजार सञ्चालनको लागि मकवानपुर जिल्लामा रहेको बाख्रापालन समितिसंग छलफल भइरहेको छ ।

बाख्रापालन समितिका अध्यक्ष अहिले जिल्ला बाहिर भएकोले निर्णयमा ढिलाई भएको बताइएको छ । मेलामा जिउँदो खसी, बोका सहित च्याङ्ग्रा पनि राखिने छ । करिव १ सय जना शेयर सदस्य आवद्ध रहेको हाम्रो कृषि सहकारी संस्थाले तोरीको तेल, धनियाँ मसला र मकैको पिठो, च्याँख्ला विक्री गरिरहेको छ । तोरी खरिद गरि संस्थाद्धारा उत्पादित शुद्ध तोरीको तेल प्रतिलिटर ४ सय ३५ रुपैयाँमा विक्री गरिरहेको छ ।

साथै चाडपर्वलाई लक्षित गरी उपभोक्तालाई मध्यनजर गरी तोरीको तेलमा प्रतिलिटरमा केही रकम सहुलियत दिने छलफल भइरहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya