कैलाशको बैकुण्ठमा होमस्टे सञ्चालन गरिने

कैलाश, मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठ कैलाशमा होमस्टे सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदैँ लगिएको अवस्थामा होमस्टे सञ्चालन गरिने भएको हो । उक्त क्षेत्रमा ऐतिहासिक र पर्यटकीय क्षेत्र रहुनका साथै जीपलाइन सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेकाले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना र आवासको सेवा पुग्ने हिसाबले होमस्टे सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

ADVERTISEMENT

होमस्टे सञ्चालनका लागि स्थानीयहरुले विभिन्न स्थानका होमस्टेको स्थलगत अवलोकन गरिनुका साथै तालिम समेत लिइसकेको अध्यक्ष मुक्तानले बताए । भौगोलिक विकटता रहेको कैलाशमा बैकुण्ठ क्षेत्रमा भने पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदैँ लगिएको उनले बताए । धादिङ जिल्लाका साथै मकवानपुरको थाहा नगर र राक्सिराङ गाउँपालिकासँगको सिमानामा रहेको बैकुण्ठ र कैलाश क्षेत्रमा होमस्टे चाडैँ सञ्चालनमा आउने उनले बताए । होमस्टे सञ्चालन गर्ने स्थानीयहरुले चार दिने स्थलगत अवलोकन गरेर फर्किए लगत्तै तीन दिने तालिम प्रदान गरिएको थियो ।

गाउँपालिकाबाट स्वीकृत तीन लाख बजेटमा १७ जना होमस्टे सञ्चालन गर्ने स्थानीय, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा सचिव नितेशकुमार यादव, गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल सहितको टोलीले स्याङ्जाको सिरुबारी होमस्टे, लमजुङको घलेगाउँ र गोरखाको वारपाक क्षेत्रका होमस्टेहरुको अवलोकन गरिएको वडा नम्बर २ का वडाध्यक्ष घिसिङले बताए । हामीले स्थलगत अवलोकन गर्यौ, अब आफ्नो गाउँठाउँमा स्रोत साधनले पुगेसम्म होमस्टे सञ्चालन गर्नेछौं, अध्यक्ष घिसिङले भने । अवलोकन पश्चात सोही बजेटबाट तीन दिने होमस्टे सम्बन्धी तालिम प्रदान गरिएको छ । चितवनका प्रशिक्षक टिकाराम पौडेलले १७ जनालाई तालिम प्रदान गरेका थिए ।

ADVERTISEMENT

वडा कार्यालय छ्याङदुङमा तालिम भएको थियो । तालिममा होमस्टे सञ्चालनका लागि प्रयोग गरिने घरको सटावट, पाहुनाको स्वागत सत्कार, विदाई, ऐन नियम कानूनहरुबारे जानकारी गराइएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् । तालिम पश्चात सहभागिहरुलाई वडाकै विभिन्न घरहरुको फिल्ड भिजिट गराइएको उनले बताईन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya