हुप्रचौरमा सार्वजनिक शौचालय उद्घाटन

हेटौंडा, हेटौंडा ४ हुप्रचौरमा संघीय सरकारले निर्माण गरेको सार्वजनिक शौचालयको उद्घाटन गरिएको छ । शौचालयको अभावमा हुप्रचौरमा जम्मा हुने खेलाडी तथा आम सर्वसाधारणले समस्या व्यहोर्दै आएका थिए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको बजेटबाट निर्माण भएको सुविधा सम्पन्न शौचालयको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।

ADVERTISEMENT

महिला, पुरुष र शारीरिक अशक्तहरुका लागि निर्माण भएको शौचालय आयोजना कार्यालयले व्यवस्थापन र सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरेसँगै सञ्चालनमा आएको छ । बिहीबारबाटै हुप्रचौर खेल मैदानमा आउने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गर्न पाएका छन् । ३३ लाख ७० हजार ४५२ रुपैयाँको लागतमा निर्माण भएको शौचालयको उद्घाटनसँगै हेटौंडा उपमहानगरपालिकाबाट कर्मचारी परिचालन गरेर सञ्चालनको व्यवस्था मिलाइएको छ ।

शौचालय हस्तान्तरण कार्यक्रममा आयोजना कार्यालयका प्रमुख उज्वल प्रजापती र उपमहानगरपालिकाका नगर प्रमुख लामाले ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देललाई चावी हस्तान्तरण गरेका थिए । मेयर लामाले संघीय सरकार मार्फत निर्माण भएको शौचालयको व्यवस्थापन सहितको जिम्मेवारी उपमहानगर र वडा कार्यालयले लिने बताइन् । यसबाट हुप्रचौरमा व्यायाम, आराप तथा खेलकुदका लागि आउने खेलाडी देखि आम सर्वसाधारणलाई थप सहज हुने उनको भनाई थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya