हेटौंडा, हेटौंडा २ मा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी ३ करोड रुपैयाँ रहेको छ । शनिबार भएको संस्थाको १४ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार ४ सय ७४ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ३ करोड २५ लाख ३० हजार १ सय रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा सहकारीको कर्जा लगानी १० करोड २८ लाख ७१ हजार ८४६ रुपैयाँ, जगेडा कोष २१ लाख ६ हजार ६६१ रुपैयाँ रहेको छ । संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
सहकारीले उत्कृष्ट कर्मचारीमा दीपक अर्याल, उत्कृष्ट परिचय बोनस बचत लखपति बचतकर्तामा ज्ञानुमाया तामाङ, पुष्पराज गौतम र राजकुमार बानियाँ, उत्कृष्ट विशेष बाल बचतकर्ता श्रद्धा दहाल, उत्कृष्ट परिचय व्यवसायिक बचतकर्तामा कुशल पोख्रेल, अमोद बायिनाँ र सुजिन घमिरेलाई पुरस्कृत गरेको छ ।
त्यसैगरी उत्कृष्ट परिचय आवधिक बचतकर्तामा प्रमिला दली र मातृका काफ्ले, उत्कृष्ट परिचय नारी बचतकर्तामा पुणिमा खड्कालाई पुरस्कृत गरेको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, टिपिकल साकोसका अध्यक्ष अजय अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।






