हेटौंडा उपमहानगरपालिकाले चुम्यो फुटसलको उपाधी

हेटौंडा, सहिद रुद्र पाख्रीन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरले जितेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रान्चुलीमा रहेको फुटसलमा सोमबार भएको फाइनल खेलमा मकवानपुरगढी खेलकुद विकास समितिलाई ७–४ को गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधी चुमेको हो ।

उपाधी सँग हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड हात पारेको छ । त्यस्तै उपविजेता मकवानपुरगढीले ७५ हजार जितेको छ । खेलमा बेष्ट गोल्किपर हेटौंडाका सुजन लामा भएका छन् । त्यस्तै मकवानपुरगढीका सुजन बोम्जन १५ गोल सहित सर्वाधिक गोलकर्ता, हेटौंडाका समिरराज थोकर बेस्ट प्लेयर र मकवानपुरगढीका दुर्लभ दुलाल उदयमान खेलाडीको रुपमा पुरस्कृत भएका छन् । मकवानपुरगढी गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिका, बाग्मती गाउँपालिका र थाहा नगरपालिका गरि ४ वटा पालिकाका ७ ओटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मान कुमारी पाख्रीन नेपाली , वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रीन, बडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे लगायत विभिन्न संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रमकै अवसरमा सहिद रुद्र बहादुर पाख्रीन र बासुदेव घिमिरेको परिवारलाई सम्मान गरिएको थियो । मकवानपुरगढी ४ निवासी स्वर्गीय पाख्रीन १० बर्षे सशस्त्र आन्दोलनका सहिद हुन भने मकवानपुरगढी ५ निवासी घिमिरे जन आन्दोलन २०६२/६३ का सहिद हुन् । खेलको समापन कार्यक्रम मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हिरा बहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button