स्वास्थ्य परीक्षणमा ३३१ जनाले लिए सेवा

हेटौंडा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङको आयोजनामा शनिबार हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षण भएको छ ।

ADVERTISEMENT

मकवानपुर सहकारी अस्पतालसँग सहकार्य गरी सञ्चालन भएको शिविरमा ३३१ जनाले स्वास्थ्य परीक्षण गरेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए । शिविरमा मकवानपुर सहकारी अस्पतालका डाक्टर सुन्दर श्रेष्ठ, डाक्टर हरिबहादुर खड्का, डाक्टर कमल दवाडी, डा राघवेन्द्र ठाकुरलगायत स्वास्थ्यकर्मीको टिमले बिरामीको स्वास्थ्य चेकजाँच गरेका थिए । शिविरमा सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिक रोगबाट प्रभावित भएका बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क औषधी पनि वितरण गरेको थियो । हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडा, १० नम्वर, २ नम्वर, १ नम्वर र ३ नम्वर वडाका बासिन्दाहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा अर्थोपेडिसियन सेवा, बालरोग, फिजिसियन सेवा, जनरल सर्जन, स्त्रीरोग, एनिस्थेसियो सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष सालिकराम पुडासैनीले बताए । सामुदायिक सेवा केन्द्र थानाभ¥र्याङका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका केसीले स्वास्थ्य परीक्षणले व्यक्तिको स्वास्थ्य अवस्था र बिरामी निराकरण हुने भएकोले गर्दा यस्ता कार्य गर्नु सराहनीय रहेको बताए । ‘वक्तालाई भाषण दिनुभन्दा पनि कार्यक्रमप्रति लक्षित हुनुपर्छ ।’ उनले भने –‘लक्ष्यभन्दा बाहिर गएर कार्यक्रम सञ्चालन भएमा त्यो कार्यक्रम सफल हुँदैन ।’

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाध्यक्ष मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले अस्पतालले हेटौंडामा रहेको वृद्धाश्रमलाई निःशुल्क स्वास्थ्य परीक्षा गरेर सामाजिक कार्य वहन गर्दै आइरहेको बताए । यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ की अध्यक्ष जुना दाहालले स्वास्थ्य शिविरबाट बिरामीहरू लाभान्वित हुने भएकोले गर्दा आगामी दिनमा सहकारी अस्पतालसँग सहकार्य गरी शिविर सञ्चालन गर्ने बताइन् । कार्यक्रममा हेटौंडा ११ नम्वर वडा सदस्य विकास नेपाल, सञ्ज विडारी, गोपिनी सापकोटा, ट्राफिक प्रहरी निरीक्षक वसन्त आचार्य, बागेश्वरी साकोस अध्यक्ष आशा अर्याललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya