नवोदयमा शिक्षक तथा कर्मचारीको पुस्तक समीक्षा

हेटौंडा, हेटौंडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आबद्ध शिक्षक तथा कर्मचारीलाई लक्षित गरी पुस्तक समीक्षा कार्यक्रम आयोजना गरिएको छ। पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मङ्गलबार नवोदय पुस्तकालयको आयोजनामा पुस्तक समीक्षा कार्यक्रम भएको हो।

ADVERTISEMENT

कार्यक्रममा शिक्षक तथा कर्मचारी गरी नौँ जनाले आफूले अध्ययन गरेका पुस्तकहरूको समीक्षा प्रस्तुत गर्नु भएको थियो। सहभागीहरूले पुस्तकको मुख्य विषयवस्तु, सन्देश र व्यक्तिगत प्रभावबारे संक्षिप्त रूपमा विचार राख्दै अरूलाई पनि पुस्तक पढ्न प्रेरणा प्रदान गर्नु भएको थियो ।

पुस्तक समीक्षा प्रस्तुत गर्नेमा सुमी श्रेष्ठ, उपेन्द्र राना मगर, रूपा ढुङ्गेल, अदिति कर्ण, मञ्चन तिवारी, चमेलि माया थिङ लामा (ज्यास्मिन), महालक्ष्मी कर्ण, जिना घिमिरे र साङ्ग्रिला राई रहेका थिए। शिक्षक तथा कर्मचारीमा नियमित अध्ययनको प्रवृत्ति विकास गर्न सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको नवोदय पुस्तकालय विभाग प्रमुख अन्जिता मिश्रले बताउनु भयो ।

विद्यालयले प्रत्येक वर्ष तीन वटा पुस्तक समीक्षा कार्यक्रम आयोजना गर्ने योजना रहेको छ। जसमध्ये यो २०८२ सालको पहिलो पुस्तक समीक्षा कार्यक्रम रहेको उहाँको भनाइ रहेको थियो । कार्यक्रममा सहभागिता जनाउनु भएका शिक्षक तथा कर्मचारीलाई विद्यालयका प्रधानाध्यापक दीपेश जोशी र सहायक प्रधानाध्यापक सचिता पाण्डेले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *