जनक माविलाई शिक्षक भलिबलको उपाधी

हेटौंडा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको आयोजनामा भएको जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जनक मावि भिरकोटले जितेको छ ।

ADVERTISEMENT

शनिबार भएको फाइनल खेलमा जिएस निकेतन विद्यालयलाई २५–१४,२५–१९, १८–२५ र २५–१५ को सेटले पराजित गर्दै जनकले उपाधी चुमेको हो । प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ, उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

मकवानपुर प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेशका सचेतक महेश बर्तौलाले विजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा जनता माबी फापरबारी र नाटेश्वर माबी चित्लाङ सान्त्वना हुन सफल भए । माघ ४ गतेदेखि थाहा नगरपालिकाको नाटेश्वर माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा सामूदायिक तथा संस्थागत गरी २० वटा विद्यालयले सहभागिता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *