माघ ४ गतेबाट रनिङ शिल्ड शिक्षक भलिबल हुँदै

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा माघ ४ गतेदेखि जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता हुँदैछ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको आयोजनामा हुने प्रतियोगितामा जिल्लाको २० वटा सामूदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन जनजागृति माध्यमिक विद्यालय विरुद्ध नाटेश्वर माविबिच हुने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस वर्षको प्रतियोगिताको पुरस्कार राशि गतवर्षको तुलनाका वृद्धि भएको उपमन्त्री शिवहरी दहालले जानकारी दिए । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई सार्थक बनाएर सोसाइटीले हरेक वर्ष जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ, उपविजेता टिमले १५ हजार रुपैयाँ र सान्त्वना हुने टिमले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीले पनि नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *