नवनिर्वाचित कार्यसमितिले लिए सपथ

हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरको २३ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको छ ।

ADVERTISEMENT

हेटौंडामा सोमबार एक कार्यक्रमका बीच संघका कानूनी सल्लाहकार एवम् निर्वाचन अधिकृत ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष बालगोपाल कँडेललाई सपथ गराएका थिए । नवनिर्वाचित अध्यक्ष कँडेलले कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका छन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष आनन्दराम पराजुली, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष विष्णुप्रसाद दाहालले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकोले जित हारलाई स्वीकारेर संस्थागत एवम् व्यवसायिक हितमा लाग्न अनुरोध गरे ।

नवनिर्वाचित अध्यक्ष कँडेलले निर्वाचनको समयमा समूहगत प्रतिस्पर्धा गरेपनि अब संघ र सदस्यहरुको हकहितका लागि एकजुट भएर काम गरिने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी संघलाई निर्माण व्यवसायीहरुको साझा संस्था बनाउने र कुनैपनि सदस्यलाई काखापाखा नगर्ने प्रतिबद्धता जनाए । संघको आइतबार भएको निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरु चयन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya