तेक्वान्दो खेलाडी उत्पादनमा जोड दिदै समिति

हेटोंडा/मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले तेक्वान्दो खेलाडी उत्पादन गर्नका निम्ति प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेको छ । हेटौंडा–४ मा रहेको समितिको आफ्नै कवर्ड हलमा हेटौंडा उपमहानगरपालिका भित्रका करिव २५ जना तेक्वान्दो खेलाडीले भदौ १६ गतेबाट प्रशिक्षण लिइरहेको समितिका अध्यक्ष लालकाजि बज्राचार्यले जानकारी दिए ।

ADVERTISEMENT

‘प्रशिक्षणको मुख्य उद्देश्य भनेकै खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल खेलाएर मेडल प्राप्त गर्नु हो ।’ समितिका अध्यक्ष बज्राचार्यले भने –‘२४ वटा डोजाङबाट राम्रा खेल खेल्ने २५ जना खेलाडीलाई अहिले छनौट गरेका हौँ । नगरभन्दा बाहिरका खेलाडीहरुलाई प्रशिक्षण दिँदा खान बस्नको समस्या हुने भएकोले गर्दा घरपायक पर्ने खेलाडीहरुलाई नै छनौट गरी प्रशिक्षण दिइरहेका छौँ ।’ तेक्वान्दो खेलबाटै जिल्लाको नाम राख्नको निम्ति गाउँपालिका, नगरपालिकामा रहेका खेलाडीहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालनको निम्ति स्थानीय निकायसँग समन्वय भइरहेको उनले बताए ।

‘खेलाडीबाट कुनै पनि शुल्क लिने छैनौँ र छनौट भएका खेलाडीलाई कवर्ड हलमा नियमित प्रशिक्षण गराउने छौँ।’ उनले भने –‘खेलाडीलाई चाहिने केही सामग्री स्थानीय सरकारबाट सहयोग प्राप्त भएको छ । तर सामग्री पर्याप्त मात्रामा छैन ।’ तेक्वान्दो खेलबाट ३ जना गोल्ड मेडलिष्ट र अन्तराष्ट्रिय खेलाडी मकवानपुर जिल्लामा रहेका छन् । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिले खेलाडी उत्पादनका निम्ति हेटौंडा–४ कर्रामा ८० लाख लगानीमा कवर्ड हल निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya