हेटौंडामा मनाइयो प्रदेश भाषा दिवस

हेटौँडा, बागमती प्रदेशमा भाषा ऐन कार्यान्वयन भएको अवसरमा प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाएको छ । बुधबार एक समारोहका बीच प्रदेश सरकारले भाषा दिवस मनाएको हो । ऐन बनाएर नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन वैशाख २४ लाई प्रदेश सरकारले हेटौंडामा विशेष समारोहको आयोजना गरेर भाषा दिवस मनाएको हो ।

ADVERTISEMENT

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हेटौंडाको हुप्रचौरबाट प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी लगायतको सहभागिता थियो । प्रभातफेरीमा नेवारी, तामाङ, मगर समुदाय मौलिक पोशाक, बाजासहित सहभागी भएका थिए । प्रभातफेरी पश्चात सभाको आयोजना भएको थियो । पर्यटन मन्त्री ठकुरीको अध्यक्षता तथा मुख्यमन्त्री लामाको प्रमुख आतिथ्यमा भाषा दिवस समारोह भएको हो ।

भाषा दिवसको अवसरमा मल्ल के सुन्दर र अजीतमान तामाङलाई सम्मान पनि गरिएको थियो । प्रदेश भाषा दिवसकै अवसरमा काठमाडौँमा पनि कार्यक्रम भएको छ । दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *